
राजेश कुमार राजवंशी
विराटनगर । विराट राजवंशीले दीपावली (सुकरात) को अवसरमा हुकाहुकी कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगर महानगरपालिका १२ स्थित विराट समुदायिक भवनमा हुकाहुकी मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले हुकाहुकी दियो बालेर कार्यक्रम उद्घाटन गरे । उनले विराट राजवंशी कोशी प्रदेशमा पहिलो जाति रहेको दाबी गरे । उनले भने, ‘हामी राजवंशीहरुसंगै हुर्केको हुनाले राजवंशीहरुको धर्म संस्कृति कला र भेष भुषालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ राजवंशी समाज उत्थान समितिक उपाध्यक्ष प्रदीप विस्वश राजवंशीले सुकरात पर्वमा लक्ष्मी पुजाको दिन विहानै माटो र गोबरले आगनम घर लिपी साझ गाई गोरू र भैंसीलाई कठ्ठामा पान र सुपारी लिएर निम्तो दिइने बताए ।
सन्ठी र दभारीले बेरिएर बनाएको ४ वा ५ फिट लाम्चो हुकाहुकी घरमा रहेको कुल देवीदेवता झाप, काकड नेपुर,पाँच देवती लौली ,हनुमान ठाकुर भएको ठाउँमा दियो बालेर हुकाहुकीमा आगो लगाएर घरबाट निस्किदा भन्ने गरिन्छ ‘दग्धा दग्धी बहार हुअ, बहारके लक्ष्मी घर हुअ ‘ भन्दै चौरमा गएर खेल्ने गरिन्छ । हुकाहुकी खेल्ने क्रममा हुका रे हुकि चिम फुकी, और बौर हमर खेतीमे बाठे चौर , हका डका हमर खेतीमे छुछे टका भन्दै हुकाहुकी आधी जलि सके पछि एउटै ठाउँमा भेला पारी आगोलाई नाघे पछि शरीर भित्रको रोग व्याधी निको हुने धार्मिक विश्वास रहेको छ । जलेर बाकी रहेको हुकाहुकी अन्तिममा विभिन्न फलफूलहरुको नाम लिएर रोप्ने चलन रहेको छ । राजवंशी समाज उत्थान समिति अध्यक्ष भुनेस्वर मण्डलले विराट राजवंशीले चामलको पिठो बनाइ बगिया बनाइ चामलकै काचो पिठोबाट कनिया दुलाह बनाइ अघनी धानको खेतीमा हुकाहुकीमा आगो बालेर खेतको चारै तिर खल्ने र धानमा किरा फटयांग्रा नलाग्ने धार्मिक विस्वास रहेको बताए । कार्यक्रममा समितिका जिल्ला अध्यक्ष काशिराम राजवंशी, विराट राजवंशी शिक्षक कर्मचारी अध्यक्ष चन्द्र नारायण राजवंशी, केन्द्रिय सदस्य सिधु लाल राजवंशी, कटहरी १ का वडा अध्यक्ष हरि नारायण राजवंशी, केन्द्रिय सचिव बानेश्वर राजवंशी , केन्द्रिय कोषाध्यक्ष मायाराम राजवंशी लगायत शुभकामना मन्तव्य राखेका छन् । प्रथम हुकाहुकी कार्यक्रममा संस्कृतिलाई जोगाउन मद्दत गरेको भन्दै भकतिया मंडलीलाई सम्मान गरिएको छ।