दुई श्रमिकलाई आर्थिक सहयोग

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले २ विपन्न श्रमिकलाई आर्थिक सहयोग गरेको छ ।

आज समितिले पथरी शनिश्चरे वडा नं. ४ का घाइते श्रमिक पर्दिपकुमार राई र वडा नं. १ का विपन्न मृतक एनबहादुर तामाङकी श्रीमती गोपी ब्लोन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको हो । अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष भीमकुमार राईले राईलाई १५ हजारको चेक र तामाङलाई १० हजारको चेक हस्तान्तरण गरेका हुन्। आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपाने, समितिका सदस्यहरु हरिकुमार सुवेदी, दोर्ण खड्का, मुना राई, सदस्य सचिव सुरेन राई, कर्मचारी रविन राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार