संस्कृति जाेगाउन, खुल्ला भजन प्रतियोगिता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ ।

शनिबार महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गिनी समूहको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो। पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए।प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो क्रमश: दिर्घायु हरि किर्तन मण्डली, पशुपति हरिकिर्तन, ज्ञान कुञ्ज हरि कीर्तन मण्डली भए भने सान्त्वना सिद्धेश्वर हरि किर्तन मण्डली भएका थिए। पुरस्कृत भजन किर्तन टोलीलाई प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले विजयी मण्डलीहरूलाई रू. ३ हजार , २ हजार, १५ सय र १ हजार नगद सहित दोसल्ला तथा प्रमाण-पत्र प्रदान गरिन् । हरिनाम हरिकिर्तन समूह, देवी हरिकिर्तन समूह, पशुपती हरिकिर्तन मण्डली, दीर्घायु हरिकिर्तन मण्डली, पाथीभारा दुर्गा पाञ्चायन हरिकिर्तन , सिद्धेश्वर हरिकिर्तन मण्डली, महिला जागरूक हरि किर्तन समुह, सिद्धेश्वरी पाञ्चायन हरिकिर्तन मण्डली, ज्ञानकुञ्ज हरिकिर्तन मण्डली, रामजानकी हरिकिर्तन मण्डली सिद्धीविनायक हरिकिर्तन मण्डली लगायतले भाग लिएका थिए। कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा सदस्यहरू क्रमश:कन्केश्वरी अधिकारी, टंक पराजुली, चन्द्रबहादुर चेम्जोङ लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार