पथरी । प्याब्सन नगर कार्य समिति,पथरी शनिश्चरेको आयोजना नगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।
आज मोरङको पथरिशनिश्चरे वडा नं १ को भुपू सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो। प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमश: ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भूपू सैनिक अंग्रेजी स्कूल भएका थिए भने सिनियर तर्फ क्रमश: पहिलो रेडस्टार अंग्रेजी माध्यमिक बिद्यालय पहिलो र एभरेष्ट बोर्डिङ स्कुल दोस्रो स्थान हासिल गरेका थिए। प्रतियोगितामा नगर भित्रका विभिन्न संस्थागत विद्यालयहरूका जुनियरतर्फ ११ र सिनियर ५ वटासहित कुल १६ वटा नृत्यहरू प्रस्तुत गरिएका थिए।
नगर कार्य समिति पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।


167 पटक हेरिएको 









