शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ कचहरी नाटक प्रदर्शनीको उद्घाटन गरिएको छ ।
आज पथरी शनिश्चरेको शनिश्चरे बजारमा कचहरी नाटक प्रस्तुत गरिएको हो । कचहरी नाटक प्रदर्शनीको उद्घाटनमा वडाध्यक्षद्वय लोककिरण न्यौपाने, वीरबहादुर राई, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, नगरका महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, नगरका पूर्व उप–प्रमुख यमुना बिष्ट बास्तोला, नगरका महिला नेतृहरु, वडाका विद्यार्थीहरु, नगर प्रहरी, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो । कचहरी नाटकमा कलाकारहरू सुमन कुइकेल, पुजन खरेल, सुवासचन्द्र खरेल, पारुमा राई, रोशन मुर्मु, प्रविन भण्डारी, आयुश खतिवडा, बुङ्छेङले लगायतले जीवन्त अभिनय गरेका छन् । नाटकको निर्देशन सिजल दाहालले गरेका छन् भने संयोजन शब्द थिएटरका जीवन बरालले गरेको बताइएको छ ।
नाटकको उद्घाटन विशेषतः वडा नं. ४, ८ र ९ लाई समेटेर प्रदर्शन गरिएको हो । सोही अभियान अन्तर्गतको सो कचहरी नाटक आइतबार वडा नं. १, २ र १० लाई समेटेर वडा नं. २ को बुद्ध चौकमा प्रदर्शन गरिने महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले जानकारी दिइन् ।


82 पटक हेरिएको 









