
पथरी। मोरङको पथरी शनिश्चरेमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा स्मृति धार्मिक बनले चासोक तङ्नाम पर्व भव्य रुपले मनाउने भएको छ ।
सिरिजंगा बनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमस गायक साहिल लिम्बू, नोगन लिम्बू , याक्थुङ स्टार सिजन १ विजेता अन्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । त्यसैगरी चर्चित हास्य कलाकार लक्छना राई (थसुली) र जसु राईको विशेष प्रस्तुति रहने चुम्लुङ नगर उपाध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए ।
चासोक तङनामको अवसरमा मंसिर २९ गतेदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम र दोस्रो हुने टिमले क्रमश : ६०, ४० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगितामा आठ वटा टिम उपस्थित हुने आयोजक समितिले जनाएको छ । भलिबलमा खोटाङको साकेला गाउँपालिका, झापाको बिर्तामोड भलिभल टिम, मोरङको बिराटनगर रानी, बेलबारी, उर्लाबारी, सयपत्री बेलबारी, अरणोदय बोर्डिङ स्कुल पथरी शनिश्चरे र एम.एल.मोरङवीच प्रतियोगता हुने आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा पक्लुङ, लेप्मा (घेलो) हप्रिडलक्मा (लडजम) लितोड आप्मा (धनुष काण हनाई) इड्या थक्मा (भाले जुधाई) थाक्पा उम्मा (डोरी तनाई), नाउका पिङ लगायतको खेल हुने आयोजक समितिका सचिव अशोक नाल्बोले बताए ।