सिरिजङ्गा भलिवल प्रतियोगितामा आज दुई खेल हुँदै

ऐतिहासिक खेत पनि हुँदै

 29 पटक हेरिएको

पथरी । चासोक तङ्नामको अवसरमा सिरिजंगा धार्मिक स्मृति धार्मिक बन पथरी शनिश्चरे १० मा आज दुई खेल हुदैछ।

मंसिर २९ गतेदेखि सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता मंगलवार पहिलो खेल विर्तामोड र उर्लाबारी तथा दोस्रो खेल एमएल मोरङ र खोटाङ साकेला हुँदैछ । दुई खेलबाट विजयी दुई टिमले फाइनल खेल खेल्नेछ।

पुष २ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार र दोस्रो हुनेलाई ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने चुम्लुङ नगर अध्यक्ष प्रेम बहादुर पड्याङगूले बताए । स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्बुको सम्झनामा एभरेष्ट अङ्ग्रेजी मावि पथरी शनिश्चरेका सञ्चालक रविन कन्दङ्वाले प्रथम र दोस्रो पुरस्कारको नगद प्रायोजन गरेको छ ।

आयोजक किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहको आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा ८ टिमले सहभागी जनाएकाे छ।

आज पुस १ गते चासोक तङ्नाममा लिम्बु समुदायको ऐतिहासिक पक्लुङ, लेप्मा , हप्रिङ लक्मा, तिलोङ आप्मा , इडवा थक्मा , भक्पा उम्मा स्पर्धा पनि हुनेछ । कार्यक्रम मोरङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार