येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा धुमधान क्रिसमस डे मनाइँदै

कीर्तिपुर । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज धुमधान क्रिसमस डे मनाइदै छ ।

वि.सं. २०५१ सालमा पथरी शनिश्चरे ४ मा स्थापित आशिस चर्चले पनि क्रिसमस मनाएको छ । कार्यक्रममा ‘नाचौं न सबैले … ‘ गीतमा सहिना विक र गंगादेवी सुन्दास , ‘पहिलो नम्बर … ‘ गीतमा दिलसा दर्जी , अस्मिता विक, दानियल विक, अर्जुन विक, ‘ ख्रीष्टमसको चिसो …’ गीतमा अस्मिता विक र आयुष्मा विकले नृत्य प्रस्तुत गरेका छन् । त्यस्तै ‘यशु राजा … ‘ गीतमा नहुम राई, संचिता परियार, सुमित सुन्दास, अस्मिता विक र ‘अधेरी रातैमा .. ‘ गीतमा सन्चिता परियार , अस्मिता विक, दिलसा दर्जीले नाचेका छन् । मण्डलीका १० जना जेष्ठ नागरिक हरुलाई समेत सम्मान गरिएको कार्यक्रमका लागि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र मिन प्रसाद फुयलले आर्थिक सहयोग गरेको मण्डलीका राधा संग्रौलाले बताइन् । प्रदेश सभा सदस्य मान बहादुर लिम्बु , नगर प्रमुख मोहन तुम्बापो , मण्डलीका पास्टर रमेश चम्लगाई लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो ।विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार