
पथरी । मेइटु पेन्ट्सले सोमबार आफ्नो कम्पनीका दुई पेन्टर्सलाई पुरस्कार प्रदान गरेको छ ।
मेइटु पेन्सट्को डिलरसिप खुशी श्री ट्रेडर्स पथरी शनिश्चरे १ मोरङले पुरस्कार प्रदान गरेकोे हो । पथरी शनिश्चरे १ फुलबारी चोकका पेन्टर्स हिमाल लिम्बुलाई स्कुटर र पथरी शनिश्चरे २ सिर्जना चोकका बिरेन मगरलाई वासिङ मेसिन प्राप्त गरेका छन् । बिगत ४ वर्षदेखि पेन्टरको काम गरिरहेका लिम्बु र मगरलाई मेइटु पेन्ट्सका सय बढी डिलरसिपका पेटर्सहरु मध्येबाट छानेर स्कुटर र वासिङ मेसिन प्रदान गरिएको खुशी श्री ट्रेडर्सका संचालक ऋषि चम्लगाईले बताएका छन् ।