८ नम्बर वडा कार्यालयले नृत्य गर्न सिकायो

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले बालबालिकालाई नि:शुल्क नृत्य गर्न सिकाएको छ ।

दुई महिनासम्म सन्चालन भएको निःशुल्क नृत्य प्रशिक्षण वडा कार्यालयमा औपचारिक कार्यक्रम गरि समापन भएको छ।सो अवसरमा वडाभित्रका विभिन्न उमेर समूहका बालबालिकाहरूको उत्साहजनक उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न डान्स समूहहरूले सुन्दर नृत्यहरु प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्बापोले बालबालिकाहरुले आफ्नो क्षमता पहिचान गर्ने, अरुको अगाडि गएर प्रस्तुत हुन सक्ने शारीरिक र मानसिक रुपमा तन्दुरुस्ती हुने जस्ता कार्य यो नृत्य प्रशिक्षणले गराएको विश्वास लिएको बताए । वडा नं. ८ ले जनताको मन छुने ‘क्रिएटिभ’ कार्यक्रमहरू सञ्चालन गरेर नगरमा नै उत्कृष्ट कार्य गर्दै आएको नगर प्रमुख तुम्बापोको भनाइ छ ।  प्रशिक्षणका सहभागी बालबालिकाहरूलाई पथरी डान्स सेन्टरका सञ्चालक राम बि.क. ले प्रशिक्षण दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार