हिउँदे मकै खेती क्षेत्रको अनुगमन

हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदानको अनुगमन
पथरी । पथरी शनिश्चरे नगरपालिकाले हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदानको अनुगमन गरेको छ।

पालिकाको वडा नम्बर २ मा उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वको समूहले अनुगमन गरेको हो । कृषि विकास शाखामा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकम प्राप्तका लागि सहभागी गराई पाउन सिफारिस गरी पाउँ भनी माग निवेदन पेश गरेका कृषकहरुको हिउँदे मकै खेती क्षेत्र विस्तारको अनुगमन गरिएको हो । ‘हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान कार्यक्रम २०८१÷०८२’ अन्तर्गत सो कार्यक्रम गरिएको हो ।अनुगमनमा वडा नं. २ का वडाध्यक्ष नैना राई, नगरका कृषि स्नातक प्राविधिक प्रवेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार