संगीनि प्रशिक्षण सुरु

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले परम्परागत संगीनि गायन तथा नृत्य प्रशिक्षण सुरुवात गरेको छ ।
लोपोन्मुख संगीनि नृत्यलाई पुस्तान्तरण र संरक्षण गर्नका लागि वडाका ५० भन्दा बढी महिलाहरूलाई प्रशिक्षण गराइरहेको वडाध्यक्ष नवीन कार्कीले जानकारी गराए । विभिन्न जाति/जनजातिहरूको सस्कृतिहरुलाई संरक्षण र पुस्तान्तरण गर्नका लागि वडाले ‘वडा नं. ८ को आकृती, जोगाऔं हाम्रो संस्कृति’ कार्यक्रम अघि सारेको छ। यसअघि के:लाङ (च्याब्रुङ नाच), साकेला सिली प्रशिक्षण गराइसकेको छ। नेपाली नौमती बाजा एक/एक महिना निःशुल्क प्रशिक्षण तथा बाजा पनि वितरण गरेको छ भने मगर र थारु जातिको परम्परागत पोशाक वितरण साथै गाउँघरमा प्रचलित परम्परागत आरन संरक्षण कार्यक्रममा मेसिनहरु वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार