अनुदानमा कृषि यन्त्र उपकरणको अनुगमन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वको टोलीले हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरेको छ ।
मंगलबार वडा नं. ४ मा मकै रोप्नको लागि कृषि शाखाबाट प्राप्त हुने अनुदान रकमका लागि  अनुगमन गरिएको हो । उन्नत जातको मकै रोप्ने किसानहरुलाई आर्थिक सहयोगसँगै व्यवस्थित पशुपालन, कृषि गर्नुहुने कृषकहरुलाई च्याप कटर, मिनी ट्रिलर, कम्बाईन मिल, मकै रोप्ने मेसिन नगरपालिकाद्वारा वितरणका लागि परेको निवेदनका आधारमा नगर उप–प्रमुख देवीमाया काफ्ले सहित वडा नं. ४ का वडा सदस्य मिना विश्वकर्मा र नगरका कृषि स्नातक प्राविधिक प्रवेश ढकाल लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार