लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन

आसाम बसोबास गर्ने लुम्फुङ्वाहरुको भेलाले लुम्फुङ्वा कल्याणकारी समाज आसाम गठन गरेको छ ।

शनिबार भएको भेलाले अध्यक्षमा उदलगुरी खावरङका कृष्ण लुम्फुङ्वा र सचिवमा सोनितपुर गंगापुरका लुम्फुङ्वालाई चयन गरेको छ । कोषाध्यक्षमा दल बहादुर लुम्फुङ्वा (उदलगुरी) र सदस्यहरुमा जित बहादुर लुम्फुङ्वा(शिलापत्थर), दिल बहादुर लुम्फुङ्वा (उदलगुरी), रतन लुम्फुङ्वा (उदलगुरी), दिशा लुम्फुङ्वा (उदलगुरी), देवजित लुम्फुङ्वा (गंगापुर सोनितपुर), सेमन्त लुम्फुङ्वा (गोरमारा सोनितपुर), लिला लुम्फुङ्वा (गंगापुर सोनितपुर)लगायत छन् ।

गंगापुरमा सप्पन्न कार्यक्रममा नेपालदेखि लुम्फुङ्वा कल्याणकारी संस्थाका सल्लाहकार नरप्रसाद लुम्फुङ्वा र लुकस काठमाडौ इकाइ सल्लाहकार डा. हेम लुम्फुङ्वाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालबाट कोशेली स्वरुप भगिराज इङ्नाम लिखित लिम्बुवानको एतिहासिक दस्तावेज सङ्ग्रह, स्व.कृष्णविक्रम लिखित इतिहास पहिचान प्राचीन नेपाल, किरात र लिम्बू इतिहास, विजय लुम्फुङ्वा लिखित लिम्बुवान आन्दोलन (विकासक्रम विगत र वर्तमान), लिम्बू/याक्थुङ थरगत संस्था सहजीकरण समूहको प्रकाशन छकलिटार अभिलेख नवगठित समाजलाई हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार