पथरी शनिश्चरे नगरपालिकाको योजना तथा कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरको विभिन्न योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ ।
आज पथरी शनिश्चरे वडा नं. ६ को किर्तिपुरबाट सिंहदेवी हुँदै बुद्ध मार्ग जोड्ने बाटोको स्तरोन्नति, वडा नं. १ को शान्ति सामुदायिक वनमा पर्यटन पूर्वाधर निर्माण, वडा नं. १० को बसन्त मादेनको घर उत्तर मंगलबारे जाने बाटो पेवल जडान, वडा नं. ९ को अर्चलटोल खगेन्द्र दाहालको बाटोमा कल्भर्ट तथा तारजाली निर्माण, वडा नं. ५ को सुगा बजार ड्रेन निर्माण र वडा नं. ६ को विजय मण्डलको घर दक्षिण सुनवर्सी जोड्ने बाटोको स्तरोन्नतिको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा निर्माण कार्यहरु ठिक भए नभएको हेरी अधुरा र अपुरा कार्यलाई मर्मत् गर्न संयोजक एवं नगर उप–प्रमुख काफ्लेले निर्देशन दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार