चार सहकारीको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाद्वारा नगरका चार वटा सहकारीमा अनुगमन गरिएको छ ।
हरियाली वचत तथा ऋण सहकारी संस्था(पथरी शनिश्चरे-३), सुचारु कृषि सहकारी संस्था लि(पथरी शनिश्चरे-३)मा अनुगमन गरिएको हो। त्यस्तै वडा नं. ८ को जिविकोपार्जन बचत तथा ऋण सहकारी र सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को अनुगमन गरिएको छ। नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, नगरका सहकारी शाखा प्रमुख केशवादेवी धमला, आलेप अधिकृत दिपा भुर्तेल, सुमन भट्टराई लगायतले अनुगमन गरेका हुन् । सहकारीहरुमा नियमित लेखापरीक्षण भए/ नभएको, प्रतिवेदन समयमै पेश गरे नगरेको हेरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार