टोपी र झोला बनाउन सिकाउदै नगरपालिका 

पथरी ।  ‘स्थानीय स्रोत र साधन, रोजगारी सृजनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ  टोपी र झोला उत्पादन सम्वन्धी ३० दिने सिपमूलक तालिम सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भइरहेको तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेका छन् । तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको उद्यम विकास सहजकर्ता भगवती कटुवालले जानकारी दिइन। ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित तालिम  वैशाख १० गतेसम्म हुनेछ । तालिमको प्रशिक्षक सिता परियार र सविता वली रहेका छन्  । स्थानीयस्तरमा पाइने खेर गइरहेका कच्चा पदार्थहरुको सदुपयोग गर्ने उद्देश्य सहित यो तालिमको आयोजना गरिएको नगर प्रमुख तुम्वापोले जानकारी दिए ।
यसैगरी वडा नं. ३ कै सभाहलमा लघु उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम व्यवसायिक कपाल काट्ने सिप विकास तालिमको पनि सँगै उद्घाटन गरिएको छ । सो तालिमको प्राविधिक सहयोग भने निल डेविट शैलुनले लिएको छ भने प्रशिक्षक सुदिप रसाइली रहेका छन्  । वडाध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको  कार्यक्रममा कार्यपालिका सदस्य अञ्जना दर्जी, ओम राजश्री मल्टी एग्रो प्रा.लि. का कार्यक्रम संयोजक युवराज गैरे, निल डेभिड सैलुन पथरीका प्रो. मिना बस्नेत, पूर्व वडाध्यक्ष डम्बर चेम्जोङले शुभकामना मन्तव्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार