पथरी । पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन कहाँ बन्ने भन्ने विषयलाई निकै चासोको रूपमा हेरिन्थ्यो । अब सो चासो हल भएको छ।
नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै पालिकाको वडा नं १० को शिविरडाँडामा भवन निर्माण गरिने जनाएको छ।
पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवनका लागि आवश्यक १२ कठ्ठा जग्गा गत फागुन १२ गते नेपाल सरकारको मन्त्री परिषद्बबाट निर्णय भएको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जानकारी गराए । भवनको लागि आवश्यक आर्थिक तथा टेन्डर आह्वान प्रक्रिया सँगसँगै अगाडि बढिरहेको नगर प्रमुख तुम्वापोले जानकारी दिए । नगर प्रमुख तुम्वापोले वैशाख महिनादेखि नै निर्माण कार्य सुरु भएर दुई वर्षभित्र सम्पन्न गर्ने उद्देश्यसहित अगाडि बढेको उल्लेख गरे । पत्रकार सम्मेलनमा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, लेखा शाखा प्रमुख पीताम्बर वस्ती लगायतको उपस्थिति रहेको थियो ।


94 पटक हेरिएको 









