
तस्वीर: पीएल टिभी।
पथरी । सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा मोरङ्को पथरी शनिश्चरे ३ मा महिला विशेष लुङ्गी कप खेल भएको छ ।
आइतबार वडा खेलकुद महोत्सव-२०८१ को अवसरमा लुङ्गी कप फुटबल प्रतियोगिता भएको हो । थोक्फेला र सिरिजङ्गा स्पोर्टिङ क्लबबीच भएको लुङ्गी कपमा सिरिजङ्गाले जित हासिल गर्यो । उस्ले बिपक्षी थोक्फेलालाई ३-० को अन्तरले पाखा लगायो । सिरिजङ्गाबाट जानकी लिम्बू, ललिता लिम्बू, सर्मिला कटुवाल, धनु फियाक, बबी मगर, सुमिन घिसिङ्लगायत मैदानमा थिए। दिलुमा लिम्बू, रोशनी लिम्बू, शान्ति लिम्बुलगायत थोक्फेलालाई जिताउन लागि परे पनि सफल हुन सकेन । महिला सबै खेलाडीले लुङ्गी लगाएका थिए । खेललाई दर्शकहरूले औधी रुचाए । सिरिजङ्गा स्पोर्टिङका अध्यक्ष मौसम लिम्बुले लुङ्गी कपमा महिलाहरुको आकर्षक बढेकाले आउदो महोत्सवमा टिम सङ्ख्या बढाएर लुङ्गी कपको आयोजना गर्ने बताए ।
रैथाने खेल संरक्षण गर्ने उद्देश्यले महोत्सवको मुख्य प्रायोजन पथरी शनिश्चरे वडा नम्बर ३ को कार्यालयले गरेको छ । वडा अध्यक्ष विजय लिम्बुले वडा कार्यालयले वडामा पहिलो पटक खेलकुद महोत्सव भएको र आगामी वर्षमा महोत्सवलाई थप प्रभाबकारी बनाउने बताएका छन् ।