अनाधिकृत रकम असुल्ने टहरा भत्काइयो

पथरी । पूर्व पश्चिम लोकमार्गमा अनाधिकृत असुली गर्ने टहरा पथरी शनिश्चरे नगरपालिकाले भत्काएको छ ।

पथरी शनिश्चरे वडा नं. १० मा अवस्थित टहरा नगर प्रहरीले भत्काउनुका साथै सामाग्रीहरु सोमबार जफत गरेको छ ।
सो स्थानमा बसी युवाहरुको जमातले निजी सवारी साधनहरूबाट समेत बिल काटी रकम असुली गर्दै आएको स्थानीयहरुले बताएका छन् ।
कानून विपरीत कार्य गरेको भन्दै सरोकारवालाहरूले तीव्र आलोचना र विरोध पश्चात् नगर प्रहरीले सो असुली धन्दा चलाएको स्थानमा रहेको सामाग्री जफत गरेका हुन् । नगर प्रहरी प्रमुख असई योगेन्द्र श्रेष्ठले भने– ‘हामी पटक पटक सो स्थानमा जाँदा त्यहाँ बस्ने युवाहरुको जमात नगर प्रहरीको गाडी देख्ने साथ त्यहा राजस्व उठाउने ब्यक्तिहरु सो स्थानबाट गाउँ तिर भाग्ने गरेका थिए ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार