
पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा एम.पी.डी.एस.आर. कार्यक्रमको अभिमुखीकरण तथा समीक्षा/ बैठक सम्पन्न भएको छ ।
२०८१/ ८२ को ससर्त कार्यक्रमबाट सो कार्यक्रम गरिएको हो । स्वास्थ्य अधिकृत जगत प्रसाद मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका मिलन घिमिरे र नगरका अनमि तुलसा लकान्द्रीले सहजीकरण गरेका छन । नगरका आधारभूत स्वास्थ्य केन्द्र र नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा भएको सो कार्यक्रममा नगरका स्वास्थ्य अधिकृत एकराज खत्रीले कार्यक्रमका बारे प्रष्टाए ।