
पथरी। गायिका दुर्गा तुम्सा र राजु आङ्देम्बेको स्वरमा माघेनी तेम्दा गीत सार्बजनिक गरिएको छ ।
सामाजिक अभियान्ता सान्ता केरुङको शब्द रहेको पालामलाई गायिका दुर्गा तुम्साले लय सङ्कलन गरेकी छिन् । लिम्बू संस्कृतिमा आधारित पालाम ‘माघेनी तेम्दा’को म्युजिक भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चन्द्र लिम्बुको निर्देशन तथा शान्ता केरुङको निर्माण रहेको पालाम भिडियोमा दुर्गा तुम्सा, शान्ता केरुङ, कर्मिला आङदेम्बे, चन्द्र कुमारी तुम्सा, अमृता राई, चन्डिका लावती, सबिता लावती, जिबन केदेम, अबि चेम्जोङ, सन्देश निङलेकु, शक्तिम तुम्सा, लासाङ निङलेकु, रबिन्द्र निङलेकु र देउमान साम्राले अभिनय गरेका छन् ।
श्याम लिम्बूको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको पालामको रकर्डिङ श्रद्धा रेकर्डिङ स्टुडियो काठमाडौंमा गरिएको हो । पालाममा गायक बिवाश नेम्बाङ र गायिका निरन्ता नेम्बाङले समेत आवाज भरेका छन् ।सुमन तामाङको छायानंकन, अशोक मन्डलको मेकअप, कोशी भिजन प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको भिडियोमा हेमन तामाङको सम्पादन रहेको छ ।