ओहो ! जेष्ठ नागरिक आवेदकलाई टोपी सम्मान कार्यक्रम

शनिश्चरे । पथरी शनिश्चरे वडा नम्बर ४ को कार्यालयले टोपी सम्मान कार्यक्रम अघि सारेको छ ।
बैशाख १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको आवेदन भर्न आउने जेष्ठ नागरिक सेवाग्राहीको निम्ति सो कार्यक्रम प्रारम्भ गरिएको हो ।`४ न वडाका जेष्ठ नागरिक भत्ताको आबेदकलाई वडा कार्यालयले निबेदन दस्तुर लिदैनौ ।´ वडा अध्यक्ष लोकनाथ न्यौपानेले भन्छन्, `बरु हरेक आबेदकलाई ढाका टोपी लगाइदिएर सम्मान गर्दै पठाउने गर्दछौं ।´ सो कार्यक्रम अन्तर्गत कृष्ण श्रेष्ठलाई सम्मान गरिसकेको छ। अध्यक्ष न्यौपानेले जेष्ठ नागरिक लक्षित कार्यक्रम नियमित कार्यक्रम रहेको र बजेट कार्यक्रम नरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार