पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले आज प्रथम प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् ।
पालिकाको वडा नं. १० को शिविर डाँडामा अवस्थित पथरी शनिश्चरे ब्याडमिन्टन कभर्डहलमा नगर प्रमुख तुम्वापोले व्यानर पढेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश भरिका खेलाडीहरूको सहभागिता रहेको छ ।
पथरी शनिश्चरे ब्याटमिन्टन क्लबका अध्यक्ष सनम मगरको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पथरी शनिश्चरे नगरपालिकाको मुख्य प्रायोजन रहेको सो प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकका सुमन राईले जानकारी दिए ।


81 पटक हेरिएको 









