पथरी । पथरी शनिश्चरे नगरपालिका अनुगमन समितिकि संयोजक देविमाया काफ्लेको संयोजकत्वमा नगरका दुई वटा योजना तथा कार्यक्रमको अनुगमन गरिएको छ।
पथरी शनिश्चरे वडा नं. ८ को मंगलबारेमा निर्माण गरिएको सार्वजनिक शौचालय र वडा नं. १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको निर्माणाधिन भुल्के सिमसारको पोखरी खाजा घरको अनुगमन गरिएको हो । अनुगमन पश्चात् उप–प्रमुख काफ्लेले जतिसक्दो छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिइन् । यसैगरी सो अनुगमनमा अनुगमन समितिका सदस्य अन्जना दर्जी, इन्जिनियरद्वय हसरथ अथि नेपाल र सन्तोष केसीको सहभागिता रहेको थियो ।


58 पटक हेरिएको 









