नगर खेलकुद महोत्सव: आज एच. राइजिङ र पुलचोक स्पर्धा गर्दै

पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत मङ्गलबार को खेल एच. राइजिङ एफ.सी. र पुलचोक एफसीबिच हुदैछ ।आजको विजेताले देवीगन्ज एफसीको सामना गर्नुपर्नेछ ।

नगर खेलकुद विकाश समितिले आयोजना गरेको महोत्सवमा पुरुषतर्फको फुटबल प्रतियोगितामा नगरका १० क्लबले सहभागी जनाएको छ । बैशाख २० देखि सुरु महोत्सव बैशाख ३० गतेसम्म जारी रहनेछ ।

कुन-कुन खेल समाबेश छ?
महोत्सवमा फुटबल (पुरुष/महिला), भलिबल (पुरुष), क्रिकेट (पुरुष), बुद्धिचाल (चेस), कराँते, म्याराथुन (महिला/ पुरुष), भारोत्तोलन (महिला/पुरुष) र पौडी (महिला/पुरुष) गरी आठ वटा खेलमा प्रतिष्पर्धा गराइने आयोजक नगर खेलकुद समितिका अध्यक्ष दीपक राईले बताए ।

पुरस्कार राशी कति ?

नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति कार्यक्रम अन्तर्गत हुने खेलकुद महोत्सवमा १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको सचिव खुलालले बताए । पुरुष फुटबलतर्फ विजेताले १ लाख, उपविजेताले ५० हजार, महिला फुटबल विजेताले १५ हजार, उपविजेताले ७ हजार, भलिबल विजेताले ३१ हजार, उपविजेताले २१ हजार पाउनेछ । क्रिकेट विजेताले ३५ हजार, उपविजेताले २० हजार, कराँते (पुरुष/महिला) विजेताले ५/५ हजार, मिनि म्याराथन प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, सान्त्वनाले २ हजार प्राप्त गर्नेछ। बुद्धिचालतर्फ प्रथमले १० हजार, द्वितीयले ६ हजार, तृतीयले ४५ सय, चौथोले ३५ सय, पाँचौले २५ सय तथा पौडी प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तृतीयले २ हजार प्राप्त गर्नेछन् । विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र अन्य विधागत पुरस्कार प्रदान गर्ने आयोजकले वताएको छ ।

कुन खेल कहाँ ?

फुटबल खेल प्रस्तावित जातेमोडस्थित रंगशालामा भइरहेको छ । जातेमोडमै भलिबल र महिलातर्फको फुटबल प्रतियोगिता पनि हुनेछ । क्रिकेटको स्पर्धा  जिरीखिम्तीमा भइरहेको छ । कराते बालकल्याण माबि कीर्तिपुरमा, पौडी र बुद्धिचाल प्रतियोगिता सिन पार्टी प्यालेसमा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार