पथरी । दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सब अन्तर्गतको क्रिकेट प्रतियोगिताको फाइनलमा भुल्के र टिम सेल्फी पुगेको छ ।
बुधबार भएको खेलमा टिम सेल्फीले टिम डाँस मोरङगीलाई पराजित गर्यो । टिम भुल्केले टिम बक्राहालाई हरायो । दुई टिमको जितसंगै लिगमा शिर्ष अंकका साथ दुबै टोली फाइनलमा प्रबेश गरेका हुन्। प्रतियोगिताको फाइनल भने बैशाख ३० गते हुनेछ ।
बुधाबारको पहिलो खेलमा टिम सेल्फीले डाँस मोरङीलाई ५ रनले पराजित गर्दै जित हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको टिम सेल्फी १७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १६ रन बनायो। सेल्फीका लागि सोलोमन राईले ३८ रन र अस्विन महतले २७ रन बनाए।
बलिङतर्फ डाँस मोरङीका महेश कार्की र रोशन थापाले समान ३/३ विकेट लिए भने रोहन गहतराजले २ तथा सञ्जय मुर्मु र सत्यम दाहालले समान १/१ विकेट लिए। १ सय १७ रनको लक्ष्य पछ्याएको डाँस मोरङी १७.४ ओभरमा १ सय ११ रनमै समेटियो। आदर्श कार्कीले ४७ रन र महेश कार्कीले १० रन बनाउन बाहेकअन्य ब्याट्सम्यानले दोहोरो रनको योगदान दिन सकेनन्। टिम सेल्फीका बलरहरू उत्कृष्ट प्रदर्शनमा रहे। सुदीप चौधरी र अस्विन महतले समान ३/३ विकेट लिए भने बुद्ध आले मगर र सुधीर बस्नेतले समान १/१ विकेट लिए।
बुधबार नै भएको दोश्रो खेलमा भुल्के टिमले बक्राहा टिमलाई ६० रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भुल्केले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो। भुल्केका लागि एन्जल राईले ४१, नेल्सन दंगालले २७, शुसन दंगालले २० र रावन राईले १४ रनको योगदान गरे।
बलिङतर्फ बक्राहाका समित राईले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने अनिस लुइटेलले २, अभिषेक विक र धन कार्कीले समान १/१ विकेट लिए। १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बक्राहा टिम १८.४ ओभरमै ९५ रनमा समेटियो। अनिस लुइटेलले १९, अभिषेक विकले १३ र धन कार्कीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भुल्के टिमका एन्जल राईले बलिङमा पनि चम्कँदै ३ विकेट लिए। नेल्सन दंगाल, दिपेश भण्डारी र सिदार्थ धिमालले समान २/२ विकेट लिए भने सुरज खड्काले १ विकेट लिए। पहिलो खेलमा अस्विन महत म्यान अफ दि म्याच रहदा दोश्रो खेलमा एन्जल राई म्यान अफ दि म्याच भए ।


76 पटक हेरिएको 









