
कीर्तिपुर । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत आजदेखि कराँतेका खेलहरू सुरु भएको छ ।
बाल कल्याण माबि(पथरी शनिश्चरे वडा नं. ७ कीर्तिपुर) मा जारी प्रतियोगितामा ६० स्पर्धीको सहभागिता रहेको छ । पुरुषको लागि १० स्वर्ण र महिलामा ४ स्वर्ण लागि मुख्य प्रतिस्पर्धा हुने खेलमा पुरुषतर्फ २० केजीदेखि ५५ केजी तौल समूह र महिलातर्फ २५ केजी तौल समूहदेखि ४५ केजी तौलसम्म प्रतिस्पर्धा भैइरहेको छ ।
प्रतियोगितामा पथरी डोजो, कीर्तिपुर डोजो र किराँतेश्वर दोजोबाट खेलाडीहरूको सहभागिता रहको प्रतियोगिताको पूर्ण नतिजा आजै आउने वताइएको छ । २० केजी समूहतर्फ रमेश ढकाल(प्रथम), अतीत घले(दोस्रो) र सचिन तामाङ(तेस्रो) भएका छन् ।
नगर खेलकुद विकास समिति पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा जारी महोत्सव करातेसहित ८ खेल भैइरहेको छ।