नगर खेलकुद महोत्सव: फुटबल उपाधि देबिगन्जद्वारा रक्षा

पथरी । नगरस्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताअन्तर्गत आज फाइनल खेल सम्पन्न भएको छ ।
प्रस्तावित रंगशाला जातेमोडमा भएको खेलमा ट्राइबेकरको आधारमा ७-६ गोल अन्तरले देबिगन्ज एफससी विजय बन्यो।
उस्ले फाइनलमा प्रभात एसएफसी पराजित गर्‍यो ।

प्रभातका घनश्याम  चौहानले खेलको ३ मिनेटमा पहिलो गोल गर्‍यो । प्रभातको अग्रता १९ मिनेटसम्म मात्र रहयो। देबिगन्जका क्याप्टेन सन्तोष न्यौपानेले गोल गर्दै टिमलाई बराबरी ल्याए । निर्धारित समयमा बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा समान ५/५ गोल भयो। अत्यन्तै स्पर्धापूर्ण खेलको नतिजा सडन डेथको आधारमा निस्किएको थियो। सडन डेथमा विजयी टिमका किपरले विपक्षी गोल रोकेका थिए ।

दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनल खेलमा प्रभातले नाजरिन एफसीलाई पराजित गर्दै फाइनलमा प्रवेश पायो । १० टिम सहभागी पुरुष फुटबलतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेको छ ।  पथरी शनिश्चरे दोस्रो नगर खेलकुद महोत्सव अन्तर्गत भएको प्रतियोगिता नगर खेलकुद बिकास समितिले आयोजना गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार