
सिरिजङ्गा चोक । सिरिजङ्गा स्पोटिङ क्लब र चुक्मा मुक्कुम्लुङ सेवा समितिको आयोजनामा चुक्मा मुक्कुम्लुङ सेवा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेस सभासद मानबहादुर लिम्बु, ३ नम्बर वडा अध्यक्ष बिजय लिम्बूलगायतको उपस्थितिमा कार्यक्रम भएको हो । प्रचारप्रसारको अभाबले जनमास सामु नपुगेको दैबिक शक्ति स्थललाई पर्यटन प्रवर्द्धन गर्न वडाले आर्थिक सहयोग गरेको अध्यक्ष लिम्बूले बताए । आगामी बर्षमा प्रदेस सरकारबाट चुक्मा मुक्कुमलुङ बिकासको लागि बजेटको पहल गर्ने प्रदेस सभासद मानबहादुल लिम्बुले बताए । मौलिक लिम्बू पालाम गायिका कर्मिला आङ्देम्बे, दुर्गा तुम्सा, गायक नन्दु गुरुङ, राज सुक्र लिम्बू, ताराबिर पान्डेलगायत ले आफ्नो प्रस्तुति दिएको कार्यक्रममा मौलिक नृत्य साकेला र च्याब्रुङ नृत्य समेत प्रस्तुत गरिएको थियो । बिगत लामो समयदेखि प्राकृतिपुजकको आस्थास्थाल सानो पाथिभराले परिचित चुक्क्मा मुक्कुमलुङमा बर्सेनी पुजा गरिदै आएको छ। कार्यक्रम मौसम लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो