पथरी । रोजगार सेवा केन्द्र पथरी शनिश्चरे नगरपालिका को आयोजनामा बाल श्रममुक्त चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
मंगलबार भुपु सैनिक अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगिताको सिनियर माध्यमिक तह तर्फबाट
रेडस्टार माध्यमिक विद्यालयमा कक्षा १० का छात्र आराध्य खड्काले प्रथम स्थान हासिल गरेका छन् । उनले ” बाल श्रम गर्नु अपराध हो र मौन बस्नु पनि सह अपराध हो ” भन्ने शीर्षकमा आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए। सोहि प्रतियोगितामा वाल्मिकी मेमोरियल माविकी छात्रा मिस्मिका ढकाल दोस्रो भईन् भने तेस्रो स्थान चन्द्र किराँतेश्वरकी छात्रा सिम्रन लिम्बुले हासिल गरिन्। सोही प्रतियोगिताको सान्त्वना स्थान सुनाखरीका माविकी छात्रा अनुषा सोनामले हासिल गरिन्।
यसैगरी, ” बालबालिकालाई काम होइन, सपना देख्न दिऊं” भन्ने मूल शिर्षकमा आधारभूत तह ( जुनियर ) तर्फ पूर्व क्षितिज एकेडेमीका सम्राट भण्डारी प्रथम, जुनतारा बोर्डिङ स्कुलकी अम्सिकला मण्डल दोस्रो, चन्द्र किराँतेश्वर माविकी दिप्सिका तामाङ तेस्रो र सान्त्वना सनराइज बोर्डिङ स्कुलकी दीपिका वास्तोला घोषित भइन्। नगरभित्रका २४ वटा विद्यालयका ४२ बढी छात्र छात्राहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए।।
प्रतियोगिताका प्रथमले ८ हजार , द्वितीय ५ हजार , द्वितीयले २ हजार रूपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले १ हजार नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। विजेता छात्र छात्राहरूलाई आगामी शुक्रबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने रोजगार सेवा केन्द्रका हिमाल राईले बताए ।


103 पटक हेरिएको 








