५ दिने क्षमता विकास तालिम

पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेको आयोजनामा सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरूका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ ।
आजदेखि पञ्चायत माबिमा भएको  सो सामुदायिक विद्यालयका आई.टी. स्रोत शिक्षकहरुका लागि तालिम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको उपस्थितिमा उद्घाटन गरिएको हो ।
सो कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेका शाखा प्रमुख नविन खुलाल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार