भोलि `सेमीफुङ´को प्रिमियर शो

दमक । याक्थुङ फिल्म्स प्रा. लि. को चलचित्र `सेमिफुङ´को प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे हिजो पत्रकार भेटघाट गरेर जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा चलिचित्रका नायक एवम् निर्माता बबिन आङ्देम्बे, चचित्रकर्मी राज थापा, किरात याक्थुङ चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, संस्कृतिकर्मी विक्रम वनेमलगायतको उपस्थित रहेको थियो । रणवीरन लिम्बू (रवि शेर्मा) को निर्देशन रहेको चलचित्रमा कलाकार राज थापा काउचा मगरको कथा पटकथा/सम्वाद रहेको छ । सेसेमे से नाल्बो, साङ्सेन पन्धाक र आइत खजुमले चलचित्रमा गीत लेखेका छन् भने डिल्ली फोम्बोको संगीतमा देवेन चेम्जोङ, इन्दिरा नेम्बाङ, निरन्ता नेम्बाङलगातको स्वर रहेको छ । शुक्रबार प्रिमियर गरिने चलचित्रको शनिबार भने खुला प्रदर्शन गरिने निर्माता आङ्देम्बेले जानकारी दिएका छन् । उनका अनुसार प्रिमियर शोका लागि याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च, याक्थुङ मुन्चईत् चोक् सयङलगायत संघसंस्था आयोजक छन् ।
चलचित्रको प्रिमियर शुक्रबार बिहान १०:३० बजे दमकस्थित डिम्याक्स हलमा हुनेछ । शनिबार भने चलचित्रको खुला शो रहने चलिचित्रका गीतकार पन्धाकले बताए । चलिचित्रमा सिडी बेघा, निर्मला देवान, संगीता लावती, त्रिभुवन लुङ्फङवा, नुनाम केरुङ, नरेन्द्र लिम्बू, याङसाङ मुकारुङ, बबिन आङ्देम्बेलगायतले अभियन गरेका छन् । इलामको माङसेबुङ र चुलाचुलीका विभिन्न स्थानमा, त्यसैगरी झापाको दमक, कमल, बुद्धशान्ति, शिवसताक्षीलगायत स्थानमा छायांकन गरिएको चलचित्रमा धर्म, संस्कार, संस्कृति र सिद्धान्तका कारण विभक्त शिक्षित वर्गका याक्थुङहरुमा आई परेको वैचारिक संकटको कथा बोलिएको निर्माण पक्षको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार