तीन कृषकहरू सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका तीन जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहेका छन् । सम्मानित तिनै जनालाई नगद रु. ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरका कृषकहरुलाई सम्मान गर्दा हौसला मिलोस भनेर यस वर्षबाट कृषकहरुलाई सम्मान गर्न सुरुवात गरिएको बताए ।
कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, वडा नं. २ का वडाध्यक्ष नैना राईले शुभकामना मन्तव्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार