- फिपराज बेघा
सार्वजनिक शौचालय भन्नाले सार्वजनिक स्थलहरुमा हिड्ने बटुवाहरुको सुविधाको र वातावरण सफा राख्ने हेतुले दैनिक रूपमा दिशा पिसाब गर्नको लागि सार्वजनिक ठाउँहरुमा रहेको स्वास्थ्य शौचालय भन्ने बुझिन्छ । तर पथरी शनिश्चरे नगरपालिकामा शौचालयको अवस्था सन्तोषजनक छैन ।
नगरको सबैभन्दा घना बसोबास रहेको वडा नम्बर १ मा जम्मा २ वटा शौचालय छ । एउटा जातेमोडमा र अर्को सब्जीबजारमा ।जातेमोड्मा करिब २० वर्ष अघि बनेको शौचालय नाममात्रको छ ।पिसाब फेर्ने र दिशा गर्ने महिलापुरुषको शौचालय छुट्टाछुट्टै छ । न धारा छ न त ट्याङ्कीनै । पानी कलबाट बोकेर प्रयोग गर्नु पर्छ । डेढ दशकदेखि अघिदेखि शौचालयको रेखदेख गर्दै आएकी पर्मिला मल्लिकले पहिला जस्तो पैसा नउठने बताउछिन् । टेम्पुवालाहरुले मान्छे बोकेर लगिहाल्ले भएकोले कम पैसा उठने उनको भनाइ छ । `पहिला दिनको ५/६ सय कम्तीमा उठथ्यो । अहिले ६ महिना पैसा उठदैन ।´ उनले भनिन् ।
४ हजार ९ सय ५३ पुरुष, ५ हजार ६ सय ५२ महिला रहेको १ नम्बर वडामा ८७.९% साक्षर रहेको छ। वडा नम्बर १ का अध्यक्ष भिमकुमार राईले मर्मत गर्दा नि नहुने भएकाले २०/२५ लाखको लागतमा सार्वजनिक शौचालय बनाउनको लागि पहल गरिरहेको बताए । कृषि बजारमा नगरपालिकाले १२ लाखको लागतमा शौचालय निर्माण सम्पन्न हुन लागेको छ । ४० वर्ष अघिदेखि बजार लाग्दै पथरीमा अहिले आइतबार र बिहिवार बजार लाग्दै आएको छ । नगरको सबैभन्दा ठुलो बजार मानिने बजारमा एउटा शौचालय छ । सरसफाइ नगरको कर्मचारीले गर्ने गर्दछ । शौचालयबाट निस्कने बेकारका वस्तु खोलामा मिसाएको थियो । अहिले नगरपालिकाले सेफ्टी ट्याङ्की निर्माण गरिदिएको छ । ट्याङ्कीको फोहोर नगरपालिकाले नै उठाउने गरेको छ ।
४ हजार ४० पुरुष र ४ हजार ५ सय ६० महिला रहेको वडा नम्बर २ मा बजार छैन । ३ हजार ४ सय ३६ पुरुष, ३ हजार ८ सय ८३ महिला जनसंख्या रहेको वडा नम्बर ३ मा भने ३ बजार रहेको छ ।जसमध्ये सिरिजङ्गा मङ्गलबार लाग्छ । आइतबारे र सुन्दरी चोकमा पनि बजार लाग्छ । वडा नम्बर ३ का वडा विजय लिम्बुले स्थानीयले शौचालय बनाउन नचाहेको कारण आइतबारेमा शौचालय नबनेको अवगत गराए । येले मेला समेत लाग्ने गरेको सुन्दरी चोकमा नगरपालिकाको ४ लाखको बजेटले शौचालय बनेको छ । सिरिजङ्गा चोकमा ६ वर्ष अघि बनेको शौचालय छ । दुबै शौचालय स्थानीय आफैंले प्रयोग समेत गर्ने भएकाले सरसफाइ पनि स्थानीयले नै गर्ने गरेको सिरिजङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष लिला बहादुर कटुवालको जनाए ।
३ हजार ६ सय ८७ पुरुष र ४ हजार २ सय ३९ महिला वडा नम्बर ४ मा बस्छन् । नगरको एकमात्रै पशु हाट कुशल चोक, नयाँ सोमबारे र सिरिसे डाडामा बजार लाग्छ । कुशल चोकमा शौचालय त छ तर न ढोका छ न पानी । प्रयोगबिहिन छ ।
वडा नम्बर ५ मा २ हजार ९ सय ४ पुरुष र ३ हजार १ सय ८७ महिला जनसङ्ख्या छ । भोटेघुम्तीमा मात्रै बजार लाग्छ ।शौचालयबिहिन बिहिबार लाग्ने हाट ३/४ महिना अघिदेखि मात्रै लाग्न थालेको हो ।
हसन्दह, भातेगौडा र मङ्गलबारे गरे तीन बजार लाग्ने वडा नम्बर ६ मा हसन्दह र भातेगौडामा शौचालय छैन । बजारमा कपडा व्यापार गर्दै आएका राज कुमार कटुवालले बजारमा शौचालय नहुदा ब्यापारीहरु कहिले कता कहिले कता शौच गर्ने गरेको बताउँछन । ३ हजार २ सय ६६ पुरुष र ३ हजार ५ सय ९३ महिला रहेको ६ नम्बरको मङलबारेमा भने शौचालय छ ।
कीर्तिपुरमा आइतबार र बुधबार तथा किरातीचोकमा सोमबार बजार लाग्दछ। ७ नम्बर वडामा पर्ने दुई बजारको शौचालयको अवस्था हरिविजोग छ । किरातीचोकमा शौचालय नै छैन । कीर्तिपुरमा शौचालय छ तर प्रयोग गर्न सकिन्दैन । अहिले सेफ्टी ट्याङ्की बन्दैछ । वडा ७ मा २ हजार ४ सय ७१ महिला र २ हजार ९ सय २० पुरुष रहेको छ ।
वडा नम्बर ८ मा लाग्ने गरेको ३ बजार मध्ये पुरानो बजार सखुवारामा शौचालय छैन । मङ्गलबारे र शुक्रवारेमा शौचालय छ ।बजारको दिन मात्रै खुल्ने गर्दछ । मङ्गलबारेमा गत महिनामा नगरपालिकाको ५ लाखसमेतको लागतमा शौचालय बनेको छ । वडा नम्बर ८ मा २ हजार ७ सय २७ महिला र ३ हजार ५८ पुरुषको जनसंख्या छ ।
वडा नम्बर ९ को एक मात्रै बजार शनिश्चरे बजारमा पालिकाले चालु आर्थिक वर्षमा ५१ हजारमा ठेक्का लगायो ।३ हजार १ सय ४५ पुरुष र ३ हजार ६ सय ४ महिलाको सङ्ख्या रहेको वडा ९ मा २०३५ सालदेखि बजार लाग्दै आएको बताइन्छ । बुधबार र शनिबार बजार लाग्छ । मङ्गलबार र शुक्रबार नगरका कर्मचारीले सरसफाइ गर्दछ । वडा अध्यक्ष वीर बहादुर राईले बजारमा ठाउँको अभावको कारण बजारमा स्तरीय शौचालय बनाउन नसकिएको बताएका छन् ।
वडा नम्बर ९ मा जस्तै १० मा एउटा मात्रै बजार छ । सोमबार लाग्ने सोमबारेका व्यापारीहरु आफैले पैसा उठाएर काम चलाउ काठ र टिनको छानो हालेर शौचालय बनाएका छन् । पूर्व पश्चिम लोकमार्गसङ्ग जोडिएको वडा नम्बर १० मा ३ हजार ३ सय ५५ पुरुष र ३ हजार ७ सय १ महिलाको बसोबास रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को अनुसार पथरी शनिश्चरे नगरपालिकामा ७२ हजार ४ सय ५१ कुल जनसंख्या रहेको छ । ४६.९% पुरुष र ४३.१ % महिलाको सङ्ख्या रहेको पालिकामा ९ सय ८ जनघनत्व रहेको छ ।८१.५ % साक्षर रहेकोे नगरमा ५९.२%ले सेफ्टी ट्याङ्की सहितको शौचालय बनाएको तथ्यांक रहेको छ। १७ हजार ९ सय ८० परिवार रहेको नगरमा ३६% साधारण शौचालय रहेकोे छ ।नगरको कुल जनसंख्या मध्ये ३.३१ % सङ्ग शौचालय छैन । शौचालय मध्ये ०.५% सार्वजनिक शौचालय र ०.४% प्लस भएको सार्वजनिक शौचालय छ।


75 पटक हेरिएको 









