पथरी । पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा आज सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोकोले नगरसभा समक्ष पेश गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित भएको हो ।
नगर उप–प्रमुख देवीमाया काफ्लेको स्वास्थ्यमा समस्याका कारण नगर प्रवक्ता नविन कार्कीले पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ का लागि कूल ८१ करोड ९९ लाख ११ हजारको वजेट प्रस्तुत गरे। यसैगरी न्यायिक समितिको वार्षिक प्रतिवेदन न्यायिक समिति सदस्य पदम बहादुर धिमालले, लेखा समिति संयोजक भीम राईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरको पूर्वाधार विकासमा लगानी गर्दै रोजगारी सृजना गरी गरिबी घटाउने, नगरका नागरिकहरुको स्वास्थ्यको गुणस्तर बढाउन स्वास्थ्य क्षेत्रमा लगानी बढाउने, कृषिमा व्यवसायिकरण यान्त्रिकरण आधुनिकीकरण विविधिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्य रहेको छ ।
नगरसभाको अवसरमा लेखा शाखा प्रमुख पिताम्वर वस्ती र वडा नं. ३ मा कार्यरत कर्मचारी इन्द्र सुब्बा सम्मानित भएका छन् ।


62 पटक हेरिएको 









