पथरी । पथरी शनिश्चरे नगरपालिकाको व्यवस्थापन तथा संवाद समूहको आयोजनामा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा मोरङ जिल्लाका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उप–प्रमुखहरुसँग संवाद कार्यक्रम भएको हो । संवाद समूहका सुमन पुरी र सुमन सुस्केराले सहजीकरण गरिएको कार्यक्रमका उप–प्रमुखहरुले आ–आफ्ना पालिकाका कुरा राखेका छन् ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो, नगरका लेखा शाखा प्रमुख एवं नि. प्रमुख प्रशासकीय अधिकृत पिताम्वर वस्ती, नगरका न्यायिक समितिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


49 पटक हेरिएको 









