- अशोक साम्पाङ
हिम्मत बटुल्दै,
चटानकाे चापबाट
पिपलले जीवन खाेजेजस्तै
कयाैं चाेट र पीडाका चाङ
मनभित्रै दवाएर
संघर्षकाे मैदानमा निस्किएकाे,
एउटा सिपाही हुँ मँ
तर कयौं पटक
ज्याेतिषिले विचरा भनेपनि
कहिल्यै बिचरा हुँन नजान्ने मँ,
साँच्चै, मँ भित्रकाे, मँ,
मँलाई मात्र थाहाछ
किनकी,
मँ, मात्रै यस्ताे एउटा सिपाही हुँ,
जसले जीवनसँग,
कहिल्यै हार्न जानेन
र
हाराेस पनि कसरी ?
यतिविग्न शुभकामना र शुभार्षिवाद
मनैबाट दिनुभएपछि
साँच्चै,मैले आज,
मेराे जन्माेत्सवमा
मँप्रती सुभेच्छा प्रकट गर्नुहुनेप्रति
हृदयको अन्तष्करणदेखिनै
नमन: मात्रै भन्न सकें ।


128 पटक हेरिएको 











