जसपा नेपाल १ नम्बर प्रदेश समितिको अध्यक्षमा याक्खा निर्वाचित

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले दिपक याक्खाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षत्रय हस्तशोभा राई, अनिल ठाकुर र विष्णु कुमार लावतीलाई निर्वाचित गरेको छ । समितिको मुख्य सचिवमा घनश्याम कटुवाल, सचिवत्रयमा आईत चेम्जोङ, मनोज यादव, दिपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशव जबेगु रहेका छन् ।
महिला सदस्यहरु क्रमश इन्दिरा राई(खुला), सुनिता राई(खुला), रजिना थापा(खस आर्य), पदम कुमारी राई(आज),श्याममाया राई(आज), जैमुन निशा अन्सारी(मुस्लिम), सेविका मण्डल(मधेशी) र  सरिता कुमारी सरदार(दलित), रहेका छन् । त्यस्तै वल बहादुर अधिकारी(खस आर्य), दिनेश दङ्गाल(खस आर्य), सुरेश कुमार बैठा(दलित), ज्ञान कुमार परियार(दलित), सम्स तवरेज आलम (मुस्लिम), हेम राज जिमि याक्खा(अल्पसङ्ख्यक), गोपाल यादव(मधेशी), सुनिल कुमार साह(मधेशी), सुर्य नारायण साह (मधेशी), पशुपति पासवान(मधेशी), मणिराज लुङ्गेली(आज), भरत कुमार याक्खा(आज), विशाल आङ्देम्बे(आज), कुमार सुनुवार (आज), जिवनेश्वर यादव(खुला), भरत किराती(खुला), सागर सरगम चेम्जोङ(खुला), अशोक गुरुङ(खुला), टङ्क मोक्तान(खुला),
भद्रलाल उराव(खुला) र जावल अन्सारी(खुला) सदस्यमा चयन भएको बताइएको छ ।

अशोज २६ र २७ गतेसम्म बिराटनगरमा भएको अधिबेशन पार्टी अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले उदघाटन गरे।अधिवेशनमा पार्टीका सह अध्यक्ष रकम चेम्जोङ, सचिवद्वय राजकुमार राई, लाक्पा शेर्पा, कार्यकारिणी सदस्यहरु अर्जुन थापा, जयराम यादव, केन्द्रीय सदस्यहरु कुन्ता राई, धिरेन्द्र रुम्दाली, कमन देवान, ताजुब लिम्बु, हङ्सा साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार