प्लानिङलाई अन्तराष्ट्रिय रनिङ गोल्डकपको उपाधि

मोरङ । आठाैं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाण्डाैले हात पारेकाे छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा शनिबार भएकाे फाईनल खेलमा सहलेश युथ क्लब, सिराहलाई बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डाैले १-२ गाेल अन्तरले विजयी भयाे । खेलकाे ५ मिनेटमा प्लानिङ ब्वाईजका जर्सि नम्बर ९ का सुजन मगरले वान भर्सेज वानमा गाेल गर्दै टिमलाई अग्रता दिलाए । खेलकाे ईन्जुरि समयमा सहलेशका जर्सि नम्बर ५ का कुलदिप कार्किले डिबक्स नजिकबाट गरेकाे शसक्त प्रहार बारमा लागेर फर्किएकाे थियाे । मध्यान्न पछिकाे २ मिनेटमा गाेल गर्दै सहलेश बराबरीमा फर्कियाे । सहलेशका जर्सि नम्बर ७ का समीर तामाङले जर्सि नम्बर १० का मिलन राईकाे पासमा गाेल गरेका थिए । खेलकाे १० ओै मिनेटमा प्लानिङका जर्सि नम्बर १८ का चन्दन दासले गाेलपाेष्ट नजिकबाट प्रहार गरेकाे बल पाेलमा लागेर रिवाउण्ड भयाे । त्यस्तै प्लानिङका जर्सि नम्बर ९ का सुजन मगरले ओै २० मिनेटमा थप गर्दै टिमलाई २-१ काे अग्रता दिलाए । खेलकाे ३१ ओै मिनेटमा सहलेशका जर्सि नम्बर ३ का दिपेश धिमालले डिबक्स नजिक फल गरेपछि राताे कार्ड प्राप्त गरे ।
सहलेश युथ क्लब, सिराहले भाेजपुर फुटबल संघ, भाेजपुरलाई हराउदै फाईनल प्रवेश गरेकाे थियाे भने बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डाैले आयाेजक एल.एक्स. सिटि फुटबल क्लब, लक्ष्मीमार्गलाई स्तब्ध बनाउदै फाईनल प्रवेश गरेकाे हाे ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेकाे प्रतियाेगिताको विजेता टोली प्लानिङ ब्वाईज युनाईटेड क्लब, काठमाण्डाैले नगद आठ लाख र उपविजेता टोली सहलेश युथ क्लब, सिराहाले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गऱ्यो । त्यस्तै खेलकाे सर्वोउत्कृष्ट खेलाडी प्लानिङका जर्सि नम्बर ७ का प्रताप सिङ राई घाेषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोल किपर प्लानिङ ब्वाईजका याेगेश धिमाल, उत्कृष्ट कोच प्लानिङका सचिन्द्र धिमाल, सर्वाधिक गोलकर्ता समान २ गाेल गरेका प्लानिङका सुजन मगर र सहलेशका आशिष शाक्य., वेष्ट डिफेण्डर प्लानिङका जर्सि नम्बर १५ का मिङ्मा घिसिङ र वेष्ट मिडफिल्डर प्लानिङका जर्सि नम्बर १० का रमन भुजेल घाेषित भए । उनिहरुले समान ११ हजार रुपैयाँ प्राप्त गरे । खेलकाे प्लेयर अफ द म्याच सहलेशका जर्सि नम्बर ७ का समीर तामाङ घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार