पथरी । आज(कार्तिक १५ गते)देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप-२०८२ मा सलहेस युवा क्लब सिरहा विजयी बन्यो । सिरहाले सिलिगडी कञ्चनजङ्घा फुटबल क्लब (भारत)लाई ५-१ गोल अन्तरले विजयी हासिल गर्यो ।
सहलेशको लागि पहिलो गोल ७ औं मिनेटमा आदित्य शाक्यले गर्न सफल भयो। २४ औं मिनेटमा रिचर्ड विल्सनले टिमको लागि दोस्रो गोल गर्यो । पहिलो हाफमै सुजन ढङ्गेलले गोल गर्दै विपक्षीलाई ३-० को अन्तरमा पुर्याए । दोस्रो हाफमा विल्सनले १९ औं मिनेटमा थप एक गोल गरे। भारतका लागि पहिलो गोल २२ औं मिनेटमा प्रनिस प्रधान गर्न सफल भयो। खेलको अतिरिक्त समयमा विल्सनले व्यक्तिगत तेस्रो गोल गरे । उनै विल्सन म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेल भोलि (कार्तिक १६ गते) ईन्ट्रा पथरी-११ फुटबल क्लब र ब्रिगेड बोईज क्लब (ललितपुर)बिच हुने आयोजक पथरी ११ फुटबल क्लबले जनाएको छ। तेस्रो खेल (कार्तिक १७ गते) संकटा फुटबल क्लब (काठमाडौं) र पाँचथर फुटबल क्लब, (फिदिम ) बिच हुनेछ । चौथो खेल (कार्तिक १८ गते) एनआरटी फुटबल क्लब (काठमाडौं) र झापा ११ फुटबल क्लबबिच स्पर्धा भएपछि पहिलो चरणको प्रतियोगितात्मक खेल सम्पन्न हुने आयोजक जनाएको छ ।खेलको विजेता र उपविजेतालाई क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ। हरेक दिन म्यान अफ दि म्याच घोषित गरि उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन स्वरुप विधागत पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।
पथरीको जातेमोडमा हुने खेलको टिकटदर १ सय र २ सय रहेको आयोजकले जनाएको छ ।


35 पटक हेरिएको 












