पथरी शनिश्चरे गोल्डकप: भोलि आयोजक पथरी ११ र  ब्रिगेड बोईज क्लब भिडने 

पथरी। पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत भोलि आयोजक पथरी ११ फुटबल क्लब र ब्रिगेड बोईज फुटबल क्लब (ललितपुर) बिच खेल हुँदैछ ।

आज भएको उद्घघाटन खेलमा सलहेस युवा क्लब सिरहा विजयी बन्यो । सिरहाले सिलिगडी कञ्चनजङ्घा फुटबल क्लब (भारत)लाई ५-१ गोल अन्तरले पाखा लगायो । खेलको म्यान अफ द म्याच रिचर्ड विल्सन घोषित भए ।

तेस्रो खेल (कार्तिक १७ गते) संकटा फुटबल क्लब (काठमाडौं) र पाँचथर फुटबल क्लब(फिदिम) बिच हुनेछ । चौथो खेल (कार्तिक १८ गते) एनआरटी फुटबल क्लब (काठमाडौं) र झापा ११ फुटबल क्लबबिच स्पर्धा भएपछि पहिलो चरणको प्रतियोगितात्मक खेल सम्पन्न हुने आयोजक जनाएको छ ।८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेतालाई क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ।

पथरीको जातेमोडमा हुने खेलको  टिकटदर १ सय र २ सय रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार