पथरी । भोलि(कार्तिक १५ गते)देखि २२ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप-२०८२” सम्पूर्ण तयारी पुरा भएकोछ ।
आयोजक पथरी-११ फुटबल क्लबका अध्यक्ष सुमन विकले पथरीको जातेमोडमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको हो। टिकटदर १ सय र २ सय रहेको गोल्ड कप को उद्घाटन खेलसलहेश युवा क्लव (सिरहा) र सिलिगडी कञ्चनजङ्घा फुटबल क्लब (भारत)बिच हुनेछ।
दोस्रो खेल (कार्तिक १६ गते) ईन्ट्रा पथरी-११ फुटबल क्लब र ब्रिगेड बोईज क्लब (ललितपुर), तेस्रो खेल (कार्तिक १७ गते) संकटा फुटबल क्लब (काठमाडौं) र पाँचथर फुटबल क्लब, (फिदिम ) बिच हुनेछ । चौथो खेल (कार्तिक १८ गते) एनआरटी फुटबल क्लब (काठमाडौं) र झापा ११ फुटबल क्लबबिच स्पर्धा भएपछि पहिलो चरणको प्रतियोगितात्मक खेल सम्पन्न हुने आयोजक जनाएको छ ।खेलको विजेता र उपविजेतालाई क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ। हरेक दिन म्यान अफ दि म्याच घोषित गरि उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन स्वरुप विधागत पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।


42 पटक हेरिएको 









