फडानी (लेटाङ ) । असोज २१ गतेदेखि सम्पर्कविहीन लेटाङ २ फडानीकी १३ बर्षिय बालिका अंशु गौतमको शव आज भेटिएपछि गाउँ शोक छ ।
लेटाङ २, बेलबारी-चिसाङ साझेदारी बन क्षेत्र भित्र शव विक्षिप्त अबस्थामा फेला परेको छ। लक्ष्मी माध्यमिक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत उनको शव बीभत्स अबस्थामा बिहान घाँस काट्न जानेहरुले भेटेका थिए । चप्पल एका तिर, हाफपेन्ट र भित्री बस्त्र हरु एकातिर,घढी एकातिर,कम्मर भन्दा मुनिको भाग एकातिर र कम्मर भन्दा माथिको करङ ढाड तथा माथिको बस्त्र एकातिर, टाउकाको अस्तिपन्जर र केस अर्को तिर भेटिएको स्थानीयले बताएको छ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कबित कट्वालले घटनालाई गम्भीर अपराधको रुपमा लिएर अनुसन्धान सुरु गरिएको बताए । हत्यामा संलग्नलई छिटो भन्दा छिटो पक्राउ गरि कानुनी दायरामा ल्याउन स्थानियबासीको माग छ । स्व.अशुको शवलाई पोस्टमार्टमका लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान पठाइएको छ।


38 पटक हेरिएको 









