दोस्रो पथरी शनिश्चरे गोल्ड कपको खेल तालिका सार्वजनिक

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ को खेल सार्वजनिक मंगलबार गरिएको छ ।

पथरीको जातेमोडमा कार्तिक १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने गोल्ड कपको तालिका सार्वजनिक गरिएको हो ।आयोजक पथरी-११ फुटबल क्लब अध्यक्ष सुमन विकले उद्घाटन खेल सलहेश युवा क्लव (सिरहा) र सिलिगडी कञ्चनजङ्घा फुटबल क्लब (भारत)बिच हुने बताए । दोस्रो खेल (कार्तिक १६ गते) ईन्ट्रा पथरी-११ फुटबल क्लब र ब्रिगेड बोईज क्लब (ललितपुर), तेस्रो खेल (कार्तिक १७ गते) संकटा फुटबल क्लब (काठमाडौं) र पाँचथर फुटबल क्लब, (फिदिम ) बिच हुनेछ । चौथो खेल (कार्तिक १८ गते) एनआरटी फुटबल क्लब (काठमाडौं) र झापा ११ फुटबल क्लबबिच स्पर्धा भएपछि पहिलो चरणको प्रतियोगितात्मक खेल सम्पन्न हुने आयोजक जनाएको छ।

खेलको विजेता र उपविजेतालाई क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ। हरेक दिन म्यान अफ दि म्याच घोषित गरि उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहन स्वरुप विधागत पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो , खेलकुद विकास समितिका संयोजक दिपक राई , अखिल नेपाल फुटबल सङ्घ मोरङका सन्जिव बुढाथोकी ,पथरी ११ फुटबल क्लबका टिम कोच अर्जुन बस्नेत लगायतले खेलको बारेमा मन्तव्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार