पथरी । स्थानीय तहका जनप्रतिनिधि र बालअधिकार समितिका पदाधिकारीसँग अन्तरलिंगी व्यक्तिहरुको मुद्दाहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको समन्वय र क्याम्पेन फर चेन्जको आयोजनामा सो कार्यक्रम भएको थियो । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा भएको सो कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रशिक्षण संस्थाका निर्देशक इशान रेग्मीले मूल्य, मान्यता र कानूनी व्यवस्थामा विद्यमान विभेदका कारण अन्तरलिङ्गी समुदायले अनेकन कठिनाइ र समस्या झेल्दै आएको बताउँदै समाजको बुझाइमा सुधार ल्याउन सबैलाई आह्वान गरे । कार्यक्रमका अध्यक्ष उद्धव बस्नेतले समाजमा रहेका सबै वर्ग, तह र लिंगप्रति समान दृष्टिकोण राख्दै भेदभावरहित वातावरण निर्माण गर्न आफ्नो वडा र नगरपालिकाको प्रतिबद्धता व्यक्त गरेका छन्। वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले अन्तरक्रियाकै क्रममा आफ्ना कुराहरु राख्दै अन्तरक्रिया कार्यक्रम निक्कै उपयोगी भएको बताए ।
अन्तरक्रियामा पथरी शनिश्चरे नगरपालिकाका वडा नं. ३ का कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश चेम्जोङ, कार्यपालिका सदस्य अन्जना शिवा, कल्पना श्रेष्ठ, सीता भुसाल, नगरपालिकाका योजना शाखा प्रमुख शिव कुमार राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्थानीय सञ्चारकर्मी, नगर प्रहरी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


6 पटक हेरिएको 








