भाउन्ने क्लबले सहयोग गर्‍यो

बेलबारी । भाउन्ने युथ क्लब, बेलबारी-१०, मोरङले देउसी भैलो कार्यक्रम-२०८२बाट संकलित रकमबाट सहयोग प्रदान गरेको छ । एकता आधारभुत विद्यालय, बेलबारी-१०, भाउन्नेलाई शैक्षिक सुधारको लागि एकजना निजी शिक्षक कृष्ण पराजुलीलाई एक महिनाको तलब भुक्तानीको लागि १३ हजार सहयोग प्रदान गरेको छ। त्यस्तै लामो समयदेखि कलेजोको समस्याले बिरामी तारादेवी कुरुङबाङलाई १० हजार आर्थिक सहयोग गरेको छ।
क्लबले देउसी भैलो मार्फत  ७८हजार ६ सय ९० आर्थिक संकलन गरेको थियो भने खर्च कटाएर बाकी रहेको रकमले क्लबको आवश्यक काम र अन्य सामाजिक कार्य गर्ने क्लबका अध्यक्ष अमिर मगरले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार