पथरी। दोस्रो पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत बुधबार भएको खेलमा सलहेश युवा क्लब सिरहाले सानदार जितेर फाइनलमा पुगेको छ ।
पाँचथर क्लब फिदिमलाई ४-१ गोल अन्तरले पाखा लगाउदै सलहेश फाइनल पुग्ने पहिलो टिम बन्न पुगेको छ । पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा लगालग गोल भएको थियो । सुरुवाती गोल सलहेशका रोहन कार्कीले गर्न सफल भए । त्यसपछि पाँचथरका अभिषक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई लयमा फर्काए । तर सलहेशका खेलाडीत्रय रोमन भुजेल, रोहन कार्की र कमल खवासले क्रमशः गोल गरेपछि विपक्षीलाई ३ अन्तरले पछि पारे ।
अब फाइनल खेल कार्तिक २२ गते हुनेछ । सलहेशको प्रतिद्वन्द्वी टिम भने भोलि टुङ्गो लाग्नेछ । भोलि दोस्रो सेमिफाइनल खेलमा आयोजक पथरी ११ फुटबल क्लब र एनआरटी फुटबल क्लब काठमाडौ आमुन्नेसामुन्ने हुनेछ । ८ टिम सहभागी गोल्डकपको विजेता र उपविजेताले क्रमश: ५ लाख र २ लाख ५० हजार रूपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ।


20 पटक हेरिएको 












