बैशाख ४, ललितपुर । विद्यालय बिदाको अवसर पारेर समुदायको बालबालिकाहरुलाई लिम्बू भाषा, लिपि र संस्कृतिको आधारभूत सिकाइ प्रशिक्षण गर्ने उद्देश्यले प्रशिक्षण कक्षा ललितपुर चुम्लुङहिममा सुरु भएको छ ।
मुन्धुम बुटिक एण्ड मेख्ली हाउस र किरात याक्थुङ चुम्लुङको आयोजनमा बैशाख ४ देखि १५ गते सम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने बताइएको छ । दिनको १२ः३० देखि २ः ३० सम्म २ घण्टा नियमित कक्षा सञ्चालन गर्ने बताइएको छ ।

आफ्नो भाषा, लिपि, संस्कृतिको आधारभूत ज्ञानहरु सिक्ने यो अवसर भएकोले आफ्नो बालबालिकाहरुलाई यो कक्षाहरुमा सहभागी गराउन आयोजकले अनुरोध गरेको छ । शुक्रवारबाट सुरु भएको प्रशिक्षण कक्षामा उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।


24 पटक हेरिएको 











