उर्लाबारी । सञ्चार क्लब नेपाल(उर्लाबारी, मोरङ) को २२ औं वार्षिक साधारणसभा तथा चुनावी सभाको अवसरमा पत्रकारद्वय केशव निरौला र सन्तोष राई पुरस्कृत भएका छन् ।
शनिबार भएको सभामा ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार केशव निरौला सम्मानित भएका छन् भने ‘सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार’ बाट पत्रकार सन्तोष राई पुरस्कृत भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक योजना राज्यमन्त्री शोभा पालुङ्वाले दोसल्ला ओढाएर सम्मानपत्र सहित जनही नगद १० हजार रुपैयाँ प्रदान गरि सम्मान गरेकी थिइन् ।पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।


10 पटक हेरिएको 










